
कालिकोट, वैशाख ८। कालीकोटमा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका ३ लार्प नजिक राति करिब ११ः३० बजेतिर ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपि, घटनाका थप विवरण आउन बाँकी छ ।
दुर्घटनाबारे स्थानीयले प्रहरीलाई राति नै खबर गरेका थिए । खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द चौधरीको नेतृत्वमा टोली राति १ बजे नै सदरमुकाम मान्मबाट घटनास्थलतर्फ प्रस्थान गरेको छ ।घटनास्थल पुग्न अझै करिब एक घण्टा लाग्ने इन्स्पेक्टर चौधरीले जानकारी दिए ।
‘घटनामा चार जनाको मृत्यु भएको भन्ने खबर आएको छ । लोकल युनिटको प्रहरी त्यहाँ पुगिसकेको छ । हामी चिकित्सकसहित जाँदैछौं । घटनास्थल पुग्न अझै एक घण्टाजस्तो लाग्ने अनुमान गरिएको छ’,इन्स्पेक्टर चौधरीले भने ।