पतना देवी टोलको जिम्मेवारी ईश्वरीलाई

गैंडाकोट, वैशाख १८ । पतनादेवी टोल विकास समिति गैडाकोट ५ को दोस्रो साधारण सभा एवं प्रथम अधिवेशन आज बिहिबार गैंडाकोटमा सम्पन्न भएको छ।

गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा प्रमुख अतिथि रहेका थिए । उक्त सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले वडाभित्र रहेका सडक स्तरोन्नति, खानेपानी तथा विद्युत विस्तार, सामुदायिक भवन निर्माण, महिला लक्षित कार्यक्रम, धार्मिक स्थल संरक्षण, लागू औषध नियन्त्रण तथा अन्य योजनाहरू सफलतापूर्वक सम्पन्न हुनुमा टोल विकास संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै नवनिर्मित समितिले पनि वडा बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा विभिन्न संघसंस्था हरूका प्रतिनिधिहरू अतिथि रूपमा उपस्थित भएका थिए। साधारण सभा भए लगत्तै भएको पहिलो अधिवेशनले ईश्वरी खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा सम्झना श्रेष्ठ, सचिव सावित्री पराजुली, कोषाध्यक्ष रचना ज्ञवाली डोटेल, सदस्यहरूमा रामकुमारी अधिकारी, गङ्गा पोखरेल, दीपा पोखरेल, माया सापकोटा र पानकुमारी शाही रहेका छन्। सोही अवसरमा शिव श्रेष्ठको संयोजकत्वमा दुई सदस्य लेखा समिति समेतको गठन भएको छ। जसको सदस्यमा बिमल पराजुली र सन्तोष लम्साल रहेका छन्।

सञ्जीव डोटेलको अध्यक्षतामा भएको उक्त सभा लाई सचिव सरोज पोखरेलले सहजीकरण गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको