पौडी खेल्ने क्रममा डुबेर २ युवकको ज्यान गयो

गैँडाकोट, वैशाख २२ । पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर २ युवकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १ र वडा नं. ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्ने क्रममा डुबेर २ युवकको ज्यान गएको हो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ८ गौरीगंज घर भएका १६ वर्षका प्रमिशन पाठक र वडा नं. ४ लंकु घर भएका १६ वर्षका शिशिर पन्त रहेका छन् ।दिउसो २ वजे पौडी खेल्ने क्रममा साथीहरु डुवेको र त्यसको केहि समयपछि पुल निर्माण गर्ने मजदुरहरुले उनिहरुको शव बाहिर निकालेको पौडी खेल्न साथीहरुसँगै गएका अखिल लामिछानेले जानकारी दिए ।मृतक पाठक र पन्त दुवैजना एसइइ परिक्षा सकेर घरमै बस्दै आएका थिए ।

यो खबर तयारपार्दा सम्म दुवैजना युवकको शव घटनास्थलमै रहेको छ । घटनाको खबर थाहा पाए लगत्तै गैँडाकोट नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ३ का अधयक्ष शिवकान्त तिवारी र इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ ।जुक्तीखोलामा निर्माण भैरहेको पक्कीपुलका कारण सो खोलाको माथिल्लो भागमा पानी जम्मा भएकाले सो स्थानमा पौडी खेल्नका लागि युवाहरु पुग्ने गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको