योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालय र गौ संरक्षणका लागि लामिछाने र भण्डारी मनोनित

चितवन, बैशाख २२ । श्रीवागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम वागीश्वरी पाञ्चयन मन्दिर अखण्डकोटीहोमस्थली देवद्वार भरतपुर-१ चितवन सञ्चालक समिति निर्णयअनुसार योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालय संयोजक पदमा सडानन्द लामिछाने र गौ संरक्षण संयोजकमा दुर्गाप्रसाद भण्डारी मनोनयन भएका छन्।

 

श्री बागेश्वरी आध्यात्मिक परिषदले सोमबार एक कार्यक्रमको आयोजना गर्दै पद हस्तान्तरण कार्यक्रम सम्पन्न गराएको छ। परिषद्का अध्यक्ष शैलेन्द्र कुमार पियाका अनुसार पहिले हरेक समिति अध्यक्ष रहने चलन भएपनि अहिले विधान संशोधनसहित हरेक समितिमा संयोजक र सदस्य रहने व्यवस्था गरिएकाले विषयगत संयोजक मनोनयन गरिएको बताए उनले परिषद् सञ्चालनार्थ सरकारी तवरबाट कुनै पनि सहयोग नभए पनि दाताहरूकै भरकरमा परिषद सञ्चालनमा आएको जानकारी दिए।

 

सञ्चालक समितिले योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालय संयोजक सडानन्द लामिछाने र सदस्यहरूमा मित्र राज केसी, रिना कोइराला, गोविन्द सुवेदी, राजेन्द्र कुमार पिया र सदस्य सचिवमा डाक्टर हेमराज कोइराला रहेका छन्। त्यसैगरी सञ्चालक समितिले गौ संरक्षण समितिको संयोजक दुर्गाप्रसाद भण्डारी र सदस्यहरूमा ऋषिकेश अर्याल, सृजना अर्याल, दयामूर्ति पोखरेल, वेदप्रसाद गौडेल, सुष्मा पिया र पदम कुमार पिया रहेका छन्। पद हस्तान्तरण कार्यक्रममा परिषद् अध्यक्ष शैलेन्द्र कुमार पिया प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा शान्ताकुमार पोखरेल कमलबहादुर मल्ल ओमप्रसाद लामिछाने रामप्रसाद वस्ती, डाक्टर सुजन कण्डेल, चिराग शर्मा लगायत अतिथिहरू रहेका थिए। कार्यक्रमलाई परिषद्का महासचिव अशोक पोखरेलले सहजीकरण गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको