गैंडाकोटकी सावित्री बेपत्ता, खोजिदिन परिवारको आग्रह

गैँडाकोट, जेठ १० । जेठको पहिलो दिन बेलुकी सवा सात बजेदेखि बेपत्ता सावित्री गिरी आज दशौँ दिनसम्म पनि फेला परेकी छैनन् । गैँडाकोट-१, जौजुवा निवासी गिरी जेठ १ गते बेलुकी नारायणी पुलबाट नदीमा हाम फालेकी थिइन् । ४८ वर्षीया गिरी अझै फेला नपरेकी हुन् ।

‘नारायणी नदीदेखि त्रिवेणीसम्म बागमती प्रदेशको विपद व्यवस्थापन अन्तर्गत नेपाल प्रहरीको टिम तथा परिवारका सदस्यहरुले खोजी गर्दासमेत भाउजू फेला नपरेको अवस्था छ’भाउजुको खोजी कार्यमा सम्पूर्णलाई सहयोग गरिदिनुहुन सावित्रीका देवर शम्भु गिरी ‘निर्दोष जीवन’ ले सम्पूर्णलाई आग्रह गरेका छन ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको