गैंडाकोट जेठ २५। भगवान बराह दिव्यधाम स्वेत बराह मन्दिर सेवा समिति गैडाकोटले प्राकृतिक स्रोतप्रति कृतज्ञता व्यक्त गर्दै जलदेवता र इन्द्र देवताको पूजा कार्यक्रम सम्पन्न गराएको छ।
वर्षा र जलको संतुलन कायम राख्ने कामना गर्दै कृषि उत्पादनमा सफलताका साथै सांस्कृतिक परम्परालाई जोगाउन उक्त पुजन कार्यक्रम गरिएको मन्दिर सेवा समितिका अध्यक्ष वेदप्रसाद गौडेलले बताएका छन्। मौलाकालिका सामुदायिक वनभित्र रहेको उक्त मन्दिर नजिकै रहेको जलस्रोत नजिकै उक्त पूजा कार्यक्रम सम्पन्न गरिएको हो। उक्त अवसरमा गैंडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटाले यस्ता पूजाहरूले प्रकृति र मानवबीचको सम्बन्ध मजबुत बनाउने काम गर्ने र आजको बदलिँदो जलवायुमा यस्ता पूजाहरूले वातावरणीय चेतना फैलाउन पनि ठूलो भूमिका निर्वाह गर्ने बताउँदै मन्दिर सेवा समिति परिसरमा बन्दै गरेको प्राकृतिक पोखरीका लागि वडा नम्बर २ का तर्फबाट आर्थिक वर्ष ८२/८३ मा रु २ लाख सहयोग स्वरूप प्रदान गर्ने घोषणा समेत गरेका छन्।
कार्यक्रममा समाजसेवीहरू यज्ञप्रसाद भट्टराई, भोजराज भट्टराई, ठाकुरप्रसाद सापकोटा, हिरा चालिसे, प्रकाश भट्टराई, भूमेश्वर सापकोटा, रामबहादुर सापकोटा, गजेन्द्र लम्सल, रामकृष्ण कोइराला, रुद्रप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो।








