गैंडाकोट, जेठ २७ । गर्मी बढेपछि गैंडाकोट नगरपालिकाले नगरपालिकाभित्रका विद्यालय हरूमा विदा दिएको छ ।
अत्याधिक गर्मीले साना साना बालबालिका बढी प्रभावित भएको भन्दै गैडाकोट नगरपालिकाले विद्यालयहरु बन्द गराएका हुन् ।
नवलपुर जिल्लामा एक सातायता अधिकतम तापक्रम ३९ डिग्रीभन्दा माथि पुगेको छ । भौतिक संरचना राम्रो नभएका कतिपय विद्यालयमा विद्यार्थीहरु बेहोस हुने, विरामी हुने जस्तो अवस्था देखिएपछि पालिकाहरुले सूचना निकालेर विद्यालय विदा दिएको जानकारी नगरपालिकाले गराएको छ । यो बीचमा नगरपालिकाको सूचनाअनुसार शिक्षकहरूले लिँदै आइरहेको तालिमहरू भने सञ्चालनमा ल्याइनेछ।








