
गैडाकोट, असार १० । ‘हाम्रो आवाज, लागुऔषधको दुर्व्यसन बाट सुरक्षित समाज’ भन्ने नाराका साथ सप्ताहव्यापी अभियानले आज गैडाकोटमा विशेष कार्यक्रम सञ्चालन गराएको छ ।
सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालय गैडाकोटको संयुक्त आयोजनामा गैडाकोट नगर क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्ग किनारमा अवैध रूपमा उम्रेका गाँजाका बोटहरू नष्ट गराएको हो ।
सामुदायिक सेवा केन्द्र गैंडाकोटका अध्यक्ष गोविन्द हरि पौडेलले सो अवसरमा मन्तव्य राख्दै गाँजा दुर्व्यसनको सुरुवाती चरण भएकाले यसलाई जरैदेखि नियन्त्रण गर्नुपर्ने र प्रहरी प्रशासनबीचको सहकार्यले मात्र लागुऔषधविरुद्ध प्रभावकारी प्रतिकार सम्भव हुने बताएका छन् इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सुभाष थापा मगरले समाजमा लागुऔषधको असर घटाउन प्रहरीको मात्र प्रयास पर्याप्त नहुनाले स्थानीय तह, संघ संस्थाहरू र नागरिक स्वयं दुर्व्यसनी विरुद्ध जागरुक हुन आवश्यक रहेको बताए ।
यस अभियानले गैडाकोट नगरवासीहरूमा लागुऔषधविरुद्धको चेतना अभिवृद्धि गर्ने विश्वास आयोजक दुवै संस्थाले गरेका छन्।