
गैंडाकोट,असार १३ । गैंडाकोट नगरपालिका वडा नम्बर २ स्थित भिरकुटी चोकमा रहेको वासुदेव सप्लायर्समा बिहिबार रातिको समयमा चोरी भएको छ।
प्राप्त जानकारी अनुसार राति करिब १२ बजेको समयमा अज्ञात व्यक्तिहरूले पसलको सटर फुटाएर केही रकमसहित चुरोट, बिस्कुट लगायतका सामग्रीहरू चोरी गरेका छन् ।
पसलका सञ्चालक शिव कण्डेलका अनुसार बिहान पसल खोल्ने क्रममा सटर फोडिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गैंडाकोटबाट टोली खटिएको थियो । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान अनुसार, पसलमा जर्बजस्ती सटरबाट प्रवेश गरी चोरी भएको देखिएको छ। सिसी टिभी फुटेज संकलन गरिरहेका छौं । चाँडै दोषीको पहिचान गरी कारवाही अगाडि अगाडि बढाउने जानकारी दिँदै प्रहरीले हालैका दिनमा यस्ता घटना बढ्न सक्ने भन्दै स्थानीय व्यापारीहरूलाई सतर्क रहन तथा शंकास्पद गतिविधि देखेमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ ।