स्थानीय बजारमा दोहोरो मापदण्ड: कर तिर्ने व्यापारीलाई सास्ती, घुमन्ते व्यापारीलाई छुट

गैंडाकोट,असार १६ । गैंडाकोट नगरपालिकाले व्यवसायीहरूसँग वार्षिक रूपमा व्यवसाय कर, सरसफाइ शुल्क, साइनबोर्ड कर लगायतका विभिन्न शीर्षकमा मोटो रकम उठाउने गरे पनि कर तिर्दै कानुनीरूपमा व्यापार गरिरहेका स्थानीय व्यवसायीहरू भने ठूलो समस्यामा परिरहेको जन गुनासो बढेको छ ।

 

वडा नम्बर २ का फलफुल व्यापारी प्रधुम्न श्रेष्ठले नगरपालिकाले नियम त बनाएको छ, तर कार्यान्वयनमा भने उदासीन देखिएको छ। स्थानीय व्यापारीहरू नगरपालिका नियम पालना गर्दै व्यापार गरिरहेका छन्, तर ती नियम विपरीत भारतीय व्यापारी तथा अन्य डुलन्ते व्यापारीहरूका लागि भने यो नियम लागु नहुँदा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै श्रेष्ठले आक्रोश व्यक्त गरे ।

 

अर्का एक व्यापारीले नाम नखुलाउने सर्तमा भने “हामी त नगरपालिकामा सबै कर बुझाउँछौं, तर हाम्रो अगाडि नै बिना इजाजत भारतीय व्यापारीले खुलेआम व्यापार गर्छन्। यो अन्याय भएको छ कर तिर्ने हामी घुमुवा व्यापारी लाई छुट ।

नगरपालिकाले पटक-पटक बजार अनुगमन गर्ने बताउँदै आए पनि अनुगमनको प्रभावकारीता भने देखिएको छैन। बजारमा असंगठित रूपमा भित्रिएको फलफुल, कपडा, भाँडाकुँडाका सामग्रीहरू लगायत भारतीय मालसामानले स्थानीय कृषक तथा व्यवसायहरू धरापमा पर्न थालेका छन्। यही विषयमा गैंडाकोट ७ का व्यापारीहरूले समूहगत निर्णय गर्दै झोले व्यापारी लाई प्रवेश निषेध गर्ने निर्णय गरेका छन्। साथै उक्त निर्णयलाई सरोकार वालाहरुलाई समेत उक्त कार्यमा सहयोग गर्न आग्रह गरेका छन्।

 

उनीहरूले उद्योग वाणिज्य संघ समेत यस विषयमा मौन देखिनुले व्यापारीहरू थप निराश भएको बताउँदै हामी हाम्रो हकको पक्षमा बोल्ने संस्था भएको विश्वास गरेका थियौं, तर समग्र नगरपालिका र वाणिज्य संघ नै मौन छ । उक्त भेलाले अब एक जुट भएर नगरपालिका र सम्बन्धित निकायमा दबाब दिने चेतावनीसमेत दिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको