गैंडाकोटमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

गैंडाकोट, श्रावण १ । परियार सेवा समाज जिल्ला कार्य समिति नवलपुरले गैंडाकोट नगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ। श्रावण १ गतेदेखि लागू हुनेगरी उक्त सेवा औपचारिक रूपमा बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

 

उद्घाटन कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष प्रकाश सापकोटा प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि सापकोटाले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै निशुल्क एम्बुलेन्स सेवाले गैंडाकोट नगर क्षेत्रभित्र आपतकालीन अवस्थामा रहेका बिरामीहरू तथा दुर्घटनामा परेका व्यक्तिहरूको लागि निशुल्क सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रममा परियार समाजका केन्द्रीय सदस्य रुपेश परियारले परियार सेवा समाज अब जात धर्म र समुदाय विशेष मात्र नभई समग्र पालिका क्षेत्रभित्रका बासिन्दाहरुलाई सेवा दिन तप्पर रहेकोमा आफूलाई खुसी लागेको बताए । अक्सफोर्ड कलेजका इन्जिनियर प्रोफेसर डा. हरि भण्डारीले सोही अवसरमा स्वास्थ्य र आपतकालीन सेवा नागरिकको आधारभूत अधिकार भएको बताउँदै परियार सेवा समाजले यस्तो सेवा सुरु गरेर उदाहरणीय काम गरेको मात्र नभई मानवीय मूल्यको उच्च उदाहरण पनि प्रस्तुत गरेकाले यो अभियानमा निरन्तर सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रममा सुशील परियार, कृष्ण कार्की, सन्तोष कोइराला,किसान गुरुङ, सुभाष थापा, दिनेश न्यौपाने,शारदा ढकाल, प्रकाश अधिकारी नारायण सापकोटा लगायत समाजसेवी, स्थानीय जन प्रतिनिधि तथा नागरिकहरूको सहभागितामा रहेको थियो । आयोजकले गैंडाकोट नगरपालिकाभित्र चौबीसै घण्टा एम्बुलेन्स आवश्यक परेमा ९८१६३५९२७१ सम्पर्क गर्नुहुन अनुरोध गरेको छ। समाजका जिल्ला अध्यक्ष प्रकाश परियारको सभापतित्वमा भएको उक्त कार्यक्रम समाजका जिल्ला सदस्य ऋषि परियारले स्वागत मन्तव्य राखेका थिए । समाजकी सदस्य साकिला परियारले कार्यक्रमको सहजीकरण गरेकी थिइन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको