वि.पी. जयन्तीका अवसरमा १५ पुरुषले गरे रक्तदान

गैंडाकोट, श्रावण ६ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १ र क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ को आयोजनामा ४२औं वि.पी. स्मृति दिवसको अवसरमा गैंडाकोटमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

 

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्रमुख अतिथि अधिकारीले वि.पी. कोईरालाको विचार र दर्शन अहिले पनि नेपाली लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै समाज सेवामा लाग्न युवाहरूलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमले महत्व राख्ने बताए।

 

कार्यक्रमको अध्यक्षता गरेका नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति अमृत भट्टचनले वि.पी. कोईरालाको योगदानको सम्झना गर्दै पार्टीले राजनीतिक दृष्टिकोणसँगै सामाजिक सेवामा समेत क्रियाशीलता बढाउनु आवश्यक रहेको बताए। “रक्तदानजस्तो मानवीय कार्यमार्फत जनताको जीवन र स्वास्थ्यप्रति पनि हाम्रो उत्तरदायित्व देखिन्छ,” सभापति भट्टचनले भने।

 

४८औं पटक रक्तदान गरेँका सुजन अधिकारीलाई ब्लड ब्याग प्रमुख अतिथिले हस्तान्तरण गरेसँगै सुरु भएको कार्यक्रममा १५ जना पुरुषले रक्तदान गरेका थिए। नवलपुर रक्तसञ्चार सेवा कावासोती तथा नेपाल रेडक्रस कावासती उपशाखाले प्राविधिक सहयोग गरेको कार्यक्रममा नेपाली कांग्रेससँग आबद्ध केन्द्रीय, क्षेत्रीय तथा नगरपालिका तहका नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव अमृत श्रेष्ठ ले सहजीकरण गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको