नवजात शिशु मृत अवस्थामा फेला

गैंडाकोट, श्रावण ११ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १ स्थित देवी गैरा सामुदायिक वन नजिकै सडकको छेउमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ।

 

शुक्रबार दिउँसो करिब ३ः४० बजे सालनाल सहितको नवजात (छोरा) शिशु तन्नामा पोको पारेर फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

स्थानीय बासिन्दाले शिशु फेला परेको जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ । शिशुको परिचय खुल्न सकेको छैन भने घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको