नारायणी नदीमा हामफाले २०/२२ वर्षे युवक

गैडाकोट, साउन १३ । गैडाकोट नगरपालिका २ स्थित नारायणी पुलबाट मङ्गलबार बिहान अन्दाजी २०/२२ वर्षको जस्तो देखिने एक युवकले नदीमा हामफालेका छन्।

 

बिहान करिब ६:२० बजे अज्ञात युवकले साइकल र चप्पल पुलमै छाडेर नदीमा हामफालेको जानकारी प्रहरीले दिएको छ । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैडाकोटबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाबारे सशस्त्र प्रहरी बलसहित अन्य सुरक्षा निकायहरूलाई समेत जानकारी गराइएको छ । बिहान ७:५० बजेदेखि सशस्त्र प्रहरी बल १७ नं. गण आँपटारीबाट खटिएको ९ जनाको गोताखोर टोलीले खोजी कार्य सुरु गरेको भए पनि समाचार तयार पार्दासम्म युवक फेला परेका छैनन् । उक्त व्यक्तिको नाम, थर र वतन खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको