गैंडाकोट, श्रावण १७ । नारायणगढ, पुतलीबजार स्थायी ठेगाना भयो कि १४ वर्षीया सुहानी खान यही साउन १६ गते बिहान विद्यालय जान भनी निस्किएकी उनी बेपत्ता भएकी छन्।
बिहान करिब ८ बजे विद्यालय जाने क्रममा अचानक सम्पर्कविहीन भएकी सुहानी हालसम्म फेला नपरेपछि परिवार तथा आफन्तजनले खोजतलासका लागी आग्रह गरेका छन्।
यदि कसैले सुहानी खानलाई देख्नु भएमा वा उसको अवस्थाबारे जानकारी भएमा कृपया तल उल्लेखित नम्बरमा अथवा नजिकको प्रहरी कार्यालयमा खबर गरी खोजी कार्यमा सहयोग गरिदिनुहुन सबैमा परिवारले अनुरोध गरेको छ। सम्पर्क: 9821896776







