एसपीएम कलेजमा खुल्ला रक्तदान कार्यक्रम ४१ युनिट रगत संकलन

गैंडाकोट, श्रावण ३० । सूर्यभक्त पतनादेवी मेमोरियल कलेज युवा रेडक्रस सर्कलको आयोजनामा गैंडाकोटमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सर्कलका अध्यक्ष सुमन पण्डित सभापति रहेका थिए भने गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा गैंडाकोट-२ का वडाध्यक्ष प्रकाश सापकोटा, कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारी, जिल्ला रेडक्रस नवलपुरका सदस्य विष्णु शर्मा, गैंडाकोट उपशाखाका सभापति उमाकान्त सापकोटा, स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्याम बाचे मगर, कलेजका संरक्षक रोशनभक्त अधिकारीलगायतको उपस्थिति थियो।

कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए। प्रमुख अतिथि अधिकारीले रक्तदानले जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने भन्दै यस्ता कार्यक्रम निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिए।

गैंडाकोट रेडक्रस उपशाखा कोषाध्यक्ष तथा एसपीएम कलेजका प्राध्यापक माधव प्रसाद सिग्देलको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कलेजका प्राचार्य दिपेन्द्र पौडेलले दिएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको