९० दिने आधारभूत फुटबल प्रशिक्षण सम्पन्न, खेलाडीलाई प्रमाणपत्र वितरण

गैंडाकोट, भाद्र १ । गैंडाकोट खेलकुद समितिको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ९० दिने आधारभूत फुटबल प्रशिक्षण शनिबार गैंडाकोटमा सम्पन्न भएको छ।

गैंडाकोट-८ मा रहेको खेलकुद समितिको कार्यालय परिसरमा आयोजना गरिएको समापन समारोहका प्रमुख अतिथि वडा नं. ८ का अध्यक्ष प्रेम सापकोटाले प्रशिक्षण पूरा गरेका महिला-पुरुष खेलाडीलाई सहभागिताको प्रमाणपत्र वितरण गरेका थिए । सोही अवसरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक, रेफ्री तथा खेलाडीका अभिभावकलाई ट्रफीले सम्मान गरिएको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथि प्रेम सापकोटाले खेलकुदमार्फत युवालाई अनुशासन, सहकार्य र राष्ट्रप्रतिको दायित्वबोधको भावना जागृत हुने बताउँदै उनले खेलाडीलाई नियमित अभ्यास, मेहनत र आत्मविश्वासमार्फत ठूलो उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्दै नगर स्तरमै प्रदेश स्तरीय खेलमैदान र आधारभूत पूर्वाधार विकासमा आफूले सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरे।

त्यसैगरी गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले खेलकुदलाई समाज विकासको आधारस्तम्भका रूपमा लिनुपर्नेमा जोड  दिँदै समाजमा लागुपदार्थ, अपराध र नकारात्मक सोच रोक्न खेलकुद ठूलो औषधि हो। यसप्रकारका प्रशिक्षणले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने सम्भावना बोकेको बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको