गैंडाकोट, भदौ १ । नेपाल पूर्व प्रहरी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा आइतबार गैंडाकोटमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। संगठन नगर समितीको आयोजनामा मौलाकालिका फेदीदेखि मन्दिरसम्मको बाटो सरसफाई गर्दै झाडी फाल्ने, फोहोर संकलन गर्ने कार्य गरिएको हो।
अध्यक्ष दुर्गाजित कुँवरका अनुसार भक्तजनलाई सहज यात्राको वातावरण बनाउन सरसफाई गरिएको हो। सो अवसरमा देबघाट क्षेत्र विकास समितिका सदस्य शालिकराम सापकोटाले सेवापछि पनि संगठनमार्फत निरन्तर सामाजिक कार्य भइरहेकोमा धन्यवाद व्यक्त गरे।
कार्यक्रम दुर्गाजीत कुँवरको अध्यक्षता, संस्थापक अध्यक्ष शिव शर्मा आचार्यको स्वागत मन्तव्य तथा सचिव नेत्रप्रसाद अधिकारी (भरत)को सहजीकरणमा सम्पन्न भएको थियो।








