गैडाकोट, भाद्र ९ । दाङबाट काठमाडौंतर्फ जाँदै गरेको एक हाईलक्स गाडी गैडाकोट १३ बेल्डिहा पुलमा सोमबार दिउँसो करिब ३ः३० बजे दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार ओभर स्पिडका कारण गाडी अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परेकाहरूमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।







