दाङका ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

काठमाडौँ, कार्तिक १४। जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।

समितिका अनुसार साविक गोवरडिया गाविस वडा नं. ६ ‘ख’ (हाल गढवा गाउँपालिका–३) का ५ जना, साविक सोनपुर गाविस वडा नं. ५ ‘क’ (हाल लमही नगरपालिका–३) का २ जना र साविक लालमाटिया गाविस वडा नं. ३ ‘त’ (हाल राप्ती गाउँपालिका–१) का १ जना गरी कुल ८ भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरिएको हो।

लामो समयदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा जग्गाको स्वामित्व पाउन नसकेका स्थानीयहरू लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्। पुर्जा पाएपछि स्थानीयहरू हर्षित भएका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने र उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यअनुरूप लालपुर्जा वितरण कार्यलाई थप प्रभावकारी र दु्रत गतिमा अघि बढाइएको समितिले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको