गैंडाकोटमा धुलो र जिर्ण संरचनाविरुद्ध एमाले आक्रामक, सडक आन्दोलनको चेतावनी

गैंडाकोट, भदौ ११ । नारायणघाट–बुटवल सडक विस्तार योजनाअन्तर्गत गैंडाकोट पुलचोकको नारायणी पुलदेखि करिब १२० मिटर पश्चिमतर्फको सडक खण्ड तत्काल पिच गर्नुपर्ने मागसहित नेकपा एमाले गैंडाकोट नगर कमिटीले आज ध्यानाकर्षण पत्र बुझाएको छ।

 

हालसम्म पिच नहुँदा अत्यधिक धुलोका कारण स्थानीय बासिन्दा तथा यात्रुहरूको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै सवारीसाधनबाट ढुंगा छुट्टिएर दुर्घटना हुने अवस्था उत्पन्न भएकाले तत्काल समस्या समाधान गर्न माग गरिएको हो।

 

त्यस्तै, गैंडाकोटमा सडक विस्तार क्रममा तोडफोड भएको पुरानो पक्की संरचना जिर्ण भई जुनसुकै बेला भत्किन सक्ने जोखिम रहेको भन्दै त्यसलाई तुरुन्त हटाउन पनि एमालेले ध्यानाकर्षण गराएको छ। स्थानीय बासिन्दाले वर्षा याममा ओतको रूपमा प्रयोग गर्दै आएको उक्त संरचना मानवीय क्षतिको खतरा बनेको भन्दै हटाउन माग गरिएको हो।

 

ध्यानाकर्षण पत्र बुझाउने क्रममा गैंडाकोट नगर कमिटी अध्यक्ष कृष्ण कडेलले माग तत्काल सम्बोधन नभए बाध्यात्मक रूपमा चरणबद्ध जनदबाब कार्यक्रम र सडक आन्दोलनमा उत्रिनुपर्ने चेतावनी दिए।

 

उक्त पत्र नारायणघाट-बुटवल सडक योजना पूर्वी खण्ड कार्यालयका एकाउन्टेन्ट शरद चन्द्र शर्मामार्फत आयोजना प्रमुखलाई बुझाइएको थियो। ध्यानाकर्षण पत्र बुझ्दै शर्माले अब बर्खा सिद्धिए लगत्तै पूर्वपश्चिम महेन्द्र राजमार्गका बाँकी ठाउँमा पिच हुने जानकारी गराए । कार्यक्रममा गैंडाकोट नगरपालिकाका संस्थापक मेयर छत्रराज पौडेल, नगर कमिटी अध्यक्ष कृष्ण कडेल, सचिव राजु भुसाल, वडा नम्बर १ का वडा कमिटी अध्यक्ष ध्रुव अधिकारी, वडा नम्बर २ का वडा कमिटी अध्यक्ष शिव भुसाल, एमाले नगर कार्यालय सचिव बाबुराम रानाभाट लगायत एमाले नेता तथा कार्यकर्ताको उपस्थिति रहे

को थियो।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको