गैँडाकोटमा एम्स एब्रोड : मासिक दुई हजारमै जापानी भाषा कक्षा, विद्यार्थीका लागि प्रमुख आकर्षण

नवलपुर, भाद्र १८ । नवलपुरको गैँडाकोटस्थित एम्स एब्रोड एजुकेशन प्रालिले जापानी भाषा सिक्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै मासिक दुई हजार रुपैयाँमै भाषा कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ।

 

संस्थाले भदौ र असोज महिनाभित्र भर्ना हुने विद्यार्थीलाई विशेष सुविधा स्वरूप न्यूनतम शुल्कमै कक्षा उपलब्ध गराउने जनाएको छ। सामान्यतया भाषा कक्षा शुल्क उच्च हुने भए पनि एम्स एब्रोडले विद्यार्थीहरूको आर्थिक अवस्था र पहुँचलाई ध्यानमा राख्दै शुल्क घटाएको हो।

 

आज गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै एम्स एब्रोडका सीईओ कृष्ण कंडेलले विद्यार्थीहरूको भविष्यलाई केन्द्रमा राखेर सहज र गुणस्तरीय सेवा दिनु नै संस्थाको लक्ष्य रहेको बताए। उनले भने, “जापानी भाषा सिक्न चाहने तर आर्थिक कारणले अड्किएका विद्यार्थीलाई सहयोग पुगोस भन्ने उद्देश्यले हामीले मासिक दुई हजारमै कक्षा सञ्चालन गर्ने निर्णय गरेका हौं।”

 

उनका अनुसार भाषा मात्र नभई विदेश अध्ययनका सम्पूर्ण तयारीदेखि भिसा प्रक्रियासम्म एम्स एब्रोडले विद्यार्थीलाई सहयोग गर्दै आएको छ। जापान, अष्ट्रेलिया, अमेरिका र क्यानडा जस्ता मुलुकमा उच्च शिक्षा अध्ययनका लागि संस्थाले विगत लामो समयदेखि परामर्श सेवा प्रदान गर्दै आएको उल्लेख गरिएको छ।

 

“हामीले पठाएका विद्यार्थीहरू प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा भर्ना भई अध्ययनरत छन्, जसले हाम्रो सेवाप्रति विद्यार्थी र अभिभावकको विश्वास अझ बढाएको छ,” कंडेलले बताए।

 

एम्स एब्रोड एजुकेशन गैँडाकोट मात्र नभई चितवन-नवलपुर क्षेत्रकै अग्रणी शैक्षिक परामर्श केन्द्रका रूपमा परिचित छ। यसले विद्यार्थीलाई भाषादेखि भिसा प्रक्रियासम्म सम्पूर्ण सहयोग गर्दै आएको छ।

 

जापानमा अध्ययन तथा रोजगारी दुबैका लागि जापानी भाषा अनिवार्य हुने भएकाले एम्स एब्रोडले सुरु गरेको यो पहल स्थानीय विद्यार्थीका लागि प्रत्यक्ष अवसरका रूपमा रहने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको