गैँडाकोट-१३ मा नेपाली कांग्रेसको वृहत वडा भेला सम्पन्न

गैंडाकोट, भदौ २१ । नेपाली कांग्रेस नगरकार्य समिति गैँडाकोटले १८ वटै वडामा वृहत भेला र वडा सम्मेलन गर्ने निर्णयअनुसार शनिबार गैँडाकोट वडा नम्बर १३ मा वृहत वडा भेला सम्पन्न भएको छ।

वडा नं १३ का सभापति प्रेमलाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रतिनिधि तथा नगर सचिव गोविन्द घिमिरेले पार्टी संगठनलाई सबल बनाउन नियमित बैठक बस्ने, वार्षिक कार्ययोजना बनाएर काम गर्ने, बसाइँसराई भएर आएका नयाँ घरपरिवारसँग सम्पर्क गर्ने, भातृसंघलाई परिचालन गर्ने र गलत हल्लामा नलागी सबै कांग्रेसजनलाई एकजुट हुन आग्रह गरे।

भेलामा उनले वडा सम्मेलन तयारी समिति, युवा परिचालन समिति, भातृसंघ गठन तथा परिचालन समिति, घरदैलो अभियान सञ्चालन समिति, सामाजिक सञ्जाल परिचालन समितिको प्रस्ताव प्रस्तुत गरे।

कार्यक्रममा भूमि व्यवस्था विभागका केन्द्रीय सदस्य प्रेमबहादुर विश्वकर्मा, क्षेत्रीय सदस्य वासुदेव अर्याल, प्रदेश क्षेत्रका सहसचिव करूणाकर पौडेल, प्रदेश क्षेत्र सदस्य जानुका लक्ष्मी आचार्य, पूर्व वडा सभापति विश्वनाथ शर्मा, नगर सहसचिव बुद्धिप्रसाद न्युरे, नेपाली कांग्रेसका नेता कालिका प्रसाद देवकोटा, नेता विष्णु गौतमलगायतले सुझाव राखेका थिए।

शनिबार सम्पन्न भेलाले गैँडाकोट-१३ का कांग्रेसलाई एकजुट भई अगाडि बढ्ने संकल्प गरेको छ। भेलाको सहजीकरण वडा सचिव नेत्र महतोले गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको