गैँडाकोट, भाद्र २२ । अधिवक्ता रमेश काफ्लेद्वारा लिखित ‘सम्वृद्धिका पाइलाहरु’ लेख संग्रह शनिबार गैँडाकोटमा सार्वजनिक गरिएको छ।
त्रिवेणी साहित्य प्रतिष्ठान र रोटरी क्लब अफ गैँडाकोटको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि गोविन्दराज विनोदीले पुस्तकले समाज समृद्धि, नागरिक अधिकार, सद्भाव र सहिष्णुतामा दृष्टिकोण प्रस्तुत गरेको बताए।
३२ लेख समेटिएको पुस्तकमा भूमि सुधार, कानुनी शिक्षा, आत्महत्या, पर्यटन र आर्थिक विकास, दिगो विकास, मुलुकी ऐनलगायत विषय समावेश छन्। पुस्तकलाई समीक्षकहरूले समाजशास्त्र र कानुन अध्ययनका लागि मार्गदर्शक हुने टिप्पणी गरेका छन्।
त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष भिमप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार, अधिवक्ता र समाजसेवीहरूले शुभकामना व्यक्त गरेका थिए।







