नवलपुर, भाद्र २३। देशव्यापी रूपमा Gen-Z आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नवलपुरले आज भाद्र २४ गते मङ्गलबार एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
प्याब्सन जिल्ला समितिले बुधबारदेखि नियमित कक्षा सञ्चालन हुने जानकारी दिँदै सम्पूर्ण सदस्य विद्यालयलाई उक्त निर्णय पालना गर्न आग्रह गरेको छ।








