गैँडाकोट, भदौ २४। हालै देशभर Gen-Z समूहले आयोजना गरेको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै गैँडाकोट नगरपालिकाले नगरक्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिन बन्द गर्ने निर्णय गरेको छ।
गैँडाकोट नगरपालिकाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ भदौ २४ गते (सेप्टेम्बर ८, २०२५) का दिन भएका घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारजनमा समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
नगरप्रमुख मदनभक्त अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा हाल सिर्जित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै २०८२ भदौ २४ र २५ गतेसम्म नगरभित्रका सामुदायिक, संस्थागत लगायत सम्पूर्ण शैक्षिक संस्था बन्द रहने उल्लेख गरिएको छ।
साथै नगरपालिकाले शान्तिपूर्ण वातावरण कायम गर्न सबैको सहयोग अपेक्षा गरेको छ।








