गैडाकोट, भदौ २४ । जेनजीले सञ्चालन गरेको प्रदर्शनका क्रममा गैडाकोट नगरपालिकामा ठूलो आगजनी भएको छ।
आगजनीबाट कार्यालय परिसरभित्र रहेका महत्वपूर्ण कागजपत्र पूर्णरूपमा नष्ट भएका छन् भने भौतिक संरचनाहरू समेत जलेर क्षतिग्रस्त भएका छन्। समाचार तयार पार्दासम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन।







