गैंडाकोट भाद्र २६ । गैंडाकोट नगरपालिका परिसर हालै जेनजेड समूहद्वारा गरिएको आन्दोलनमा आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भवनका संरचना जलेर भत्किएका कारण कार्यालय सञ्चालन असम्भवजस्तो बनेको छ।
यद्यपि, नगरपालिकामा कार्यरत शाखा अधिकृतदेखि अन्य कर्मचारीसम्मले आफैं सरसफाई कार्य सुरु गरेका छन्। उनीहरूले क्षतविक्षत संरचना हटाउँदै चाँडै जनतालाई सेवा दिन सकिने विश्वास व्यक्त गरेका छन्।
तर, सरसफाईमा स्थानीय समुदाय र निर्वाचित जनप्रतिनिधिको खासै चासो देखिएको छैन। नगरवासीले भने तत्काल सेवा प्रवाहलाई सामान्य बनाउन नगरपालिका र सम्बन्धित निकाय अझ सक्रिय हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन् ।








