गैडाकोट, भाद्र २९ । नवलपुरको गैडाकोट-५, राधाकृष्ण चोकमा शनिबार साँझ जेनजेड आन्दोलनका सहिद तथा आन्दोलनकै क्रममा ज्यान गुमाएका सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागीहरूले ‘नयाँ पुस्ताले ल्याएको परिवर्तन इतिहासमै अंकित छ’ भन्दै सहिदप्रति दीप प्रज्वलन र मौन धारणमार्फत श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रम संयोजक सम्पन्ना तिवारीले जेनजेड आन्दोलनले नेपाली समाजमा ल्याएको जागरण दीर्घकालसम्म स्मरणीय रहने बताइन् त्यस्तै, सह-संयोजक सुनिता श्रेष्ठले सहिदहरूको बलिदानले आगामी पुस्तालाई न्याय, समानता र स्वतन्त्रताको बाटोमा अघि बढ्न प्रेरणा दिने उल्लेख गरिन्। श्रद्धाञ्जली कार्यक्रममा स्थानीय युवा, सरोकारवालाहरू र आम नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।








