नक्कली प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पुर्पक्षका लागि जेल चलान

चितवन, असोज ४ । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेललाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

 

चितवनको कालिका नगरपालिका-५ पदमपुरका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। सो प्रकरणमा संलग्न भएको ठहर गर्दै अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

 

रास्वपामा कँडेल बागमती प्रदेश प्रशिक्षण विभाग संयोजकको जिम्मेवारीमा रहेका थिए। उनलाई चितवनबाट पक्राउ गरी रुपन्देही पुर्याइएको प्रहरीले जनाएको छ। नक्कली प्रमाणपत्र प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र थप संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको