गैंडाकोट, असोज ४ । गैँडाकोट नगरपालिका-२ भृकुटीचोक टोल विकास संस्थाले राति गस्ती गर्ने क्रममा झाडीभित्र लुकाइराखिएको अवस्थामा ०३-००४ प ६५१९ नम्बरको स्कुटी फेला पारेको छ।
टोल विकास संस्थाका अध्यक्ष नारायण सापकोटाका अनुसार शुक्रबार राति भेटिएको उक्त स्कुटी तत्कालै नजिकैको इलाका प्रहरी कार्यालयमा बुझाइएको छ। स्कुटी कसको हो भन्नेबारे अहिलेसम्म खुलेको छैन।
इलाका प्रहरीले सम्बन्धित व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ भने स्कुटीका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।







