गैडाकोट, असोज ११ । लमजुङ गैडाकोट सम्पर्क समाजले विजया दशमी, शुभ-दीपावली, नेपाल सम्वत र छट पर्व २०८२ को अवसरमा गैंडाकोटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका ज्येष्ठ सदस्य तथा सल्लाहकार शरद चन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा समाजका अध्यक्ष डा. लक्ष्मीप्रसाद दवाडी, समाजसेवी तथा सल्लाहकार पुष्कर भट्टराई लगायत पदमप्रसाद घिमिरे, दीपक रावत, कमला पौडेल तिवारी, कविता भट्टराई, संगीता पण्डित, इतराज गुरुङ आसिफ, सुजन अधिकारी, अम्बिका प्रसाद घिमिरे, परशुराम दाहाल, मन बल्लभ दाहाल, राजेन्द्र घिमिरे लगायतको उपस्थित रहेको थियो।
प्रमुख अतिथि न्यौपानेले आफ्नो सम्बोधनमा लमजुङमा जन्मिएर आज विभिन्न क्षेत्रमा स्थापित भएका व्यक्तिहरूलाई एउटै परिवारका सदस्यझैं जोड्ने अभियानका रुपमा समाजको योगदान महत्वपूर्ण रहेको बताए। उनले शुभकामना आदानप्रदानजस्ता कार्यक्रमले सदस्यबीच आपसी सम्बन्ध मजबुत हुने र आफ्नो पहिचान जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
समाजका सदस्य एवं शुभकामना आदानप्रदान कार्यक्रमका संयोजक रमेश ढकालले समाजले गैंडाकोटमा बसोबास गरिरहेका लमजुङका दाजुभाइ दिदीबहिनीलाई मात्र नभई सम्पूर्ण नगरवासीलाई एकतामा बाँध्ने काम गर्दै आएको बताए। उनले “पुरानो जन्मभूमिको माया र हालको वासस्थानप्रतिको दायित्वलाई सन्तुलनमा राख्दै समाज अघि बढिरहेको जनाउँदै आगामी दिनमा अझै प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमको सहजीकरण समाजका सचिव रामकृष्ण कोइरालाले गरेका थिए।







