गैंडाकोट, कार्तिक १२ । गैंडाकोट नगरपालिका-१३ बेल्डिया सिख्रौली उत्तम टोलमा आज बिहान कावासोतीबाट काठमाडौं जाँदै गरेको एक माइक्रोबस अनियन्त्रित भई दुर्घटना भएको छ। सो माइक्रो सडक नजिकै एक घरमा ठोक्किँदा घरको झ्यालढोका सहितको भित्ता भत्किएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ।







