आचार्यको संयोजकत्वमा व्लड डोनर्स सोसाइटी नेपाल तदर्थ समिति गठन

गैंडाकोट, कार्तिक १५ । गैंडाकोटमा व्लड डोनर्स सोसाइटी नेपाल, गैंडाकोट तदर्थ समिति गठन गरिएको छ। व्लड डोनर्स सोसाइटी नवलपुरका अध्यक्ष भोजराज भुर्तेल (किरण) को अध्यक्षतामा सम्पन्न भेलाले शुभाषचन्द्र आचार्यको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

नवगठित समितिका सदस्यहरूमा शंकर आचार्य, सुजन अधिकारी, हेमा काफ्ले अर्याल, चन्द्रमणि पौडेल, चन्द्रकान्त आचार्य, रीति श्रेष्ठ, हिरालाल अर्याल र युवराज गुरूङ रहेका छन्।

कार्यक्रमको जिल्ला सदस्य पवन भुर्तेलले सहजीकरण गरेका थिए । सो अवसरमा व्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै समाजमा रगत दान संस्कृतिको विस्तारका लागि समिति गठनको औचित्यबारे प्रकाश पारेका थिए ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखाका सभापति उमाकान्त सापकोटाले मन्तव्य राख्दै गठन हुने समितिमा क्षमता, सक्रियता र समावेशिताको ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेरेसो गैंडाकोटका उपसभापति कमला तिवारी, लेखा संयोजक गोविन्द रिमाल, सदस्य ईश्वरीप्रसाद घिमिरे, समाजसेवी गोविन्द घिमिरे, किसन गुरूङ, दाताराम घिमिरे, डिवी गुरूङ, सन्तोष वाग्ले, जनप्रतिनिधि खगेश्वर सापकोटा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमले स्थानीयस्तरमा रक्तदानको अभियानलाई सशक्त र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा उपस्थित सम्पूर्णलाई नारायण शर्माले स्वागत मन्तव्य राखेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको