नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) प्रहरीले गोप्य सूचनाको आधारमा देवचुली नगरपालिका-६ स्थित एक घरमा छापामारी लागूऔषधसहित एक महिला पक्राउ गरेको छ। आइतबार साँझ करिब ६ः०० बजेतिर गरिएको तलासीका क्रममा २४ वर्षीया फुलमाया सुनारलाई आफ्नै घरमा विभिन्न प्रकारका प्रतिबन्धित औषधि राखेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार उनको साथबाट ट्रामोड १२३ थान क्याप्सुल, एनाफगान २० थान ट्याब्लेट, प्रोमेथ १२ थान ट्याब्लेट तथा १ केजी खुला गाँजा बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई जिल्ला अदालत नवलपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।







