कांग्रेसको १५ औं महाधिवेशन: गैंडाकोट-४ बाट नारायण घिमिरेद्वारा वडा सभापतिमा उम्मेदवारी घोषणा

गैंडाकोट, असोज १ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुन गइरहेको वडा अधिवेशनका लागि नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. ४ बाट युवा नेता नारायण घिमिरेले वडा सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

 

विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघमार्फत निरन्तर पार्टी राजनीतिमा सक्रिय रहँदै आएका घिमिरेले वडाको समग्र विकास र संगठन सुदृढीकरणका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्। घिमिरेले पार्टीभित्रको गुट-उपगुट अन्त्य गर्दै संगठनलाई जगैदेखि बलियो बनाउने उद्देश्यका साथ ९ बुँदे चुनावी प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन्।
नारायण घिमिरेका ९ बुँदे प्रतिबद्धताहरू:

-युवा नेतृत्वमा प्राथमिकता: पार्टीको हरेक तह र संरचनामा युवाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने।

-पारदर्शिता र जवाफदेहिता: पार्टीभित्र आर्थिक तथा सांगठानिक पारदर्शिता, उच्च अनुशासन र जवाफदेहिता कायम गर्ने।
-संगठन सुदृढीकरण: वडा तहदेखि नै पार्टीको संगठनात्मक आधारलाई मजबुत र सक्रिय बनाउने।
-कार्यकर्ताको सम्मान: पार्टीका निष्ठावान कार्यकर्ताहरूको योगदानको कदर गर्दै उचित मूल्यांकन र अवसरको सुनिश्चितता गर्ने।
-आन्तरिक लोकतन्त्र: पार्टीभित्रका हरेक निर्णय प्रक्रियामा आन्तरिक लोकतन्त्रलाई थप पारदर्शी र बलियो बनाउने।
-नयाँ पुस्ताको आकर्षण: नयाँ पुस्ता (Gen-Z) लाई नेपाली कांग्रेसको विचार, सिद्धान्त र राजनीतिमा आकर्षित गर्ने।
-जनताका एजेन्डा: स्थानीय स्तरमा जनताले भोगिरहेका समस्या र सरोकारका विषयलाई पार्टीको मुख्य प्राथमिकता बनाउने।
-अनुशासन र सक्रियता: एकता, उच्च अनुशासन र सक्रिय संगठन निर्माणमा जोड दिने।
-गुटमुक्त कांग्रेस: गुट र उपगुटभन्दा माथि उठेर पार्टीलाई एक ढिक्का बनाउँदै सांगठानिक एकता कायम गर्ने।

पछिल्लो समय नेपाली कांग्रेसभित्र चुलिँदो वैचारिक बहस
१५ औं महाधिवेशनको संघारमा नेपाली कांग्रेसभित्र व्यापक वैचारिक मन्थन र रूपान्तरणको बहस चुलिएको छ। विशेष गरी विद्यार्थी र युवा राजनीतिबाट आएका नेता-कार्यकर्ताहरू पार्टीको पुरानो कार्यशैली बदलेर ‘गुटमुक्त र विचारकेन्द्रित कांग्रेस’ बनाउनुपर्ने पक्षमा दृढ देखिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको