गैंडाकोट ५ को वडा सभापतिमा युवा नेता सुवास आचार्यको उम्मेदवारी घोषणा

गैंडाकोट, असोज २ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुन गइरहेको वडा अधिवेशनका लागि नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. ५ को वडा सभापति पदमा जुझारु युवा नेता सुवास आचार्यले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

लोकतन्त्र, नागरिक अधिकार, व्यक्तिगत स्वतन्त्रता र विधिको शासनप्रतिको पूर्ण निष्ठालाई आत्मसात् गर्दै उनले युवामुखी जनसंगठन निर्माणका लागि आफू मैदानमा उत्रिएको बताएका छन्। पद प्राप्तिका लागि नभई संगठन सुदृढीकरण र जनताप्रतिको जिम्मेवारी बहन गर्नका लागि नेतृत्वमा दाबी पेस गरेको आचार्यको भनाइ छ।

स्थानीय तहमा पार्टीलाई थप सुदृढ, समावेशी र सशक्त बनाउन युवा नेतृत्वको आवश्यकता औंल्याउँदै उनले वडावासी तथा पार्टीका क्षेत्रीय र वडास्तरीय प्रतिनिधिहरूसँग सहयोग, समर्थन र अमूल्य मतका लागि अपिल गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको