गैंडाकोट, ६ कात्तिक । नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति नवलपुरका अध्यक्ष खगराज सापकोटाकी माता देउरूपा सापकोटाको ८१ वर्षको उमेरमा निधन भएको छ।
कावासोती नगरपालिका वडा नं. ८, नवलपुर निवासी धार्मिक तथा सामाजिक व्यक्तित्व देउरूपाको कात्तिक ५ गते उपचारका क्रममा निधन भएको हो। उहाँ विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो।
माता देउरूपाको निधनप्रति नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति नवलपुरले गहिरो दुःख व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ। युनियनका उपाध्यक्ष सुजन अधिकारीद्वारा कात्तिक ६ गते जारी विज्ञप्तिमा दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गरिएको छ।
साथै, यस दुःखद घडीमा शोकमा परेका सापकोटा परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै सम्पूर्ण परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।







