चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको आरोपमा १४ जना पक्राउ

दुर्लभ एकसिंगे गैंडा मारेर खाग विक्री गरेको आरोपमा १४ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।चितवन राष्ट्रिय निकुञ्जले आज (बिहीबार) पत्रकार सम्मेलनगरी पक्राउ परेका १४ जनालाई नै सार्वजनिक गरेको छ ।

गत भदौं २१ गोली लागेर मृत अवस्थामा गैंडा भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान अघि बढाएको थियो । सोही गैंडा मारेको अभियोगमा पक्राउ पर्नेमा नवलपरी पूर्व कावासोती नगरपालिका–७ का ४८ वर्षीय शिवनारायण महतो, चितवनको भरतपुर महानगरपालिका–२८ का ४९ वर्षीय रणबहादुर भन्ने जितबहादुर कुमाल र उनकी श्रीमती इन्द्रमाया कुमाल, बाँकेको सोनारी गाउँपालिका–२ का ३५ वर्षीय हरिप्रसाद थारु र उनकी श्रीमती विष्णुमाया गुरुङ, नवलपुर गैंडाकोट नगरपालिका–१ का ३२ वर्षीय अशोक भन्ने सुकबहादुर गुरुङ रहेका छन् । यस्तै अनुसन्धानकै क्रममा विगतमा गैंडा तस्करमा संलग्न रहेका अन्य व्यक्तिहरु पक्राउ परेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको