नवलपरासीको गैंडाकोटबाट हराएका साढे दुई वर्षीय बालक दुई दिनपछि जंगलमा सकुशल फेला

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) : गैंडाकोट नगरपालिका-१४ भागरबाट हराएका साढे दुई वर्षीय बालक शिवान तामाङ दुई दिनपछि जंगलमा सकुशल फेला परेका छन्।

गत भदौ २ गते बिहान करिब ७:०० बजे घर नजिकै रहेको शंखदेवी सामुदायिक वनमा हजुरआमा हेम कुमारी आले च्याउ टिपेर फर्किने क्रममा नाति शिवान घरबाट हराएका थिए। आफन्त र स्थानीयले वन क्षेत्रमा खोजतलास गर्दा पनि बालक फेला नपरेपछि प्रहरीमा निवेदन दिइएको थियो।

प्रहरीमा सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोट, रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट खटिएको प्रहरी टोली तथा स्थानीय बासिन्दाहरूको संयुक्त टोलीले व्यापक खोजतलास सुरु गरेको थियो।

निरन्तरको खोजतलासपछि भदौ ४ गते बिहान अन्दाजी १०:०० बजे शंखदेवी सामुदायिक वनको भागर खोलाको सिरानमा बालक सकुशल अवस्थामा फेला परेका हुन्। उद्दार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी उनका आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको