भाग्योदय प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

गैंडाकोट, ८ भाद्र । भाग्योदय प्राथमिक विद्यालय गैंडाकोट-६ का पूर्व प्रधानाध्यापक स्वर्गीय जगदीश अधिकारीको ३१ औँ पुण्य स्मृति दिवसको अवसरमा सोमबार विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभा बोटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गैंडाकोट-६ का वडाध्यक्ष सुभाष चापागाईं प्रमुख अतिथि तथा स्वर्गीय अधिकारीका छोरा सुजन अधिकारी र सुजन अधिकारी विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा प्रमुख अतिथि एवं वडाध्यक्ष सुभाष चापागाईंले शिक्षा क्षेत्रमा स्वर्गीय अधिकारीले पुर्‍याएको योगदानको स्मरण गर्दै पूर्व प्रधानाध्यापक स्वर्गीय जगदीश अधिकारीले यस क्षेत्रको शैक्षिक सुधारमा खेलेको भूमिका अतुलनीय छ। उनको स्मृतिमा स्थापित अक्षयकोषले विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा ठूलो टेवा पुर्‍याएको बताउदै वडा कार्यालयले पनि यस्ता सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर सहयोग गर्ने वताए।

 

विशेष अतिथि सुजन अधिकारीले बुबाको स्मृतिमा विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा खुसी ब्यक्त गर्दै बुबाको शिक्षाप्रतिको समर्पण र सपनालाई जीवित राख्न हामीले अक्षयकोषमार्फत साना भाइबहिनीहरूलाई सहयोग गर्दै आएका छौँ, उनले भने भविष्यमा पनि विद्यालय र विद्यार्थीका लागि यस्ता रचनात्मक सहयोगलाई निरन्तरता दिनेछौँ।

यसैबीच स्वर्गीय अधिकारीका छोरा सुजन अधिकारीले आफ्ना बुबाको स्मृतिमा खडा गरिएको अक्षयकोषको सावा रकममा यस वर्ष थप १० हजार रुपैयाँ हस्तान्तरण गरे। अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो।

कार्यक्रमकी अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष शोभा बोर्डले अक्षयकोष स्थापना गरी हरेक वर्ष विद्यार्थीलाई प्रोत्साहन गरेकोमा अधिकारी परिवारप्रति आभार व्यक्त गरिन्।

 

कार्यक्रममा गैंडाकोट नगरपालिकाका संस्थापक मेयर छत्रराज पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षद्वय नरहरी सापकोटा र लक्ष्मीप्रसाद सापकोटा, प्रधानाध्यापक सीता लम्साल, पूर्व प्रधानाध्यापक डिल्लीप्रसाद अम्बई, पवित्रा अधिकारी, चन्द्रबहादुर बिक तथा कल्पना परिवारको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका माया कँडेलले गरेकी थिइन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको