कोरोनाका कारण पर्यटक आगमन सुस्त बनेको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्न थालेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा ३१६ जना विदेशी पर्यटकले निकुञ्जको अवलोकन गरेको जानकारी दिनुभयो ।
गत आवको चैतसम्म आएका ७८ हजार ७५५ जना विदेशी पर्यटकमध्ये पहिलो छ महिनामा ५९ हजार ४६७ जनाले निकुञ्जकोे अवलोकन गरेका थिए । त्यसैगरी गत आवको पहिलो नौ महिनामा सार्क मुलुकका १४ हजार २३९ जना पर्यटकमध्ये पहिलो छ महिनामा १२ हजार १०६ जनाले निकुुञ्ज अवलोकन गरेको निकुञ्जमा यस आवको छ महिनाको अवधिमा केवल ४८५ जनाले मात्र अवलोकन गरेका छन् ।
कोरोनाका कारण विदेशी पर्यटकमा कमी आएपछि पछिल्लो समयमा आन्तरिक पर्यटकको सङ्ख्या भने क्रमशः वृद्धि हुँदै आएको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो । चालू आवको छ महिनाको अवधिमा २४ हजार ६७३ जनाले निकुञ्ज अवलोकन गरेका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको पहिलो छ महिनामा ५८ हजार २१९ थियो । गत आवमा निकुञ्जमा ८९ हजार ४४१ जना नेपाली पर्यटक आएको निकुञ्जले जनाएको छ ।
पछिल्लो समय कोरोनाका कारण पर्यटकको सङ्ख्यामा कमी आएको र स्वदेशी पर्यटक नै निकुञ्जको आम्दानीको आधार बन्न थालेको उहाँले जानकारी दिनुभयो । त्यसो त नेपाली पर्यटकबाट लिइने निकुञ्ज प्रवेश शुल्क सार्क र विदेशी पर्यटकको दाँजोमा ज्यादै न्यून छ । निकुञ्ज प्रवेशमा नेपालीका लागि प्रतिव्यक्ति १५० रुपियाँ, सार्क मुलुकका लागि एक हजार रुपियाँ र विदेशी पर्यटकका लागि दुई हजार रुपियाँ रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा वार्षिक दुई लाखको हाराहारीमा पर्यटक प्रवेश गर्ने गर्दथे । गत आव यो सङ्ख्या २० देखि २५ प्रतिशत बढ्ने अनुमान थियो । गत आवको वैशाख, जेठ र असार निकुञ्ज बन्द थियो । पर्यटक आगमनको सङ्ख्या फागुन देखिनै घट्दो क्रममा थियो ।
निकुञ्ज अवलोकन गर्नेमध्ये एक लाख २५ हजारको हाराहारीमा विदेशी, २५ हजारको हाराहारीमा सार्क मुलुकका र ५० हजारको हाराहारीमा आन्तरिक पर्यटक हुने गर्दथे । पछिल्ला वर्षहरूमा स्वदेशी पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज महìवपूर्ण गन्तव्य बन्दै आएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी लोकेन्द्र अधिकारीले पछिल्लो समय पर्यटक आगमन सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षयता स्वदेशी पर्यटक बढेका छन्, गत आर्थिक वर्षको नौ महिनाले यो कुरा पुष्टि गरिसकेको छ । ” गत आवको पहिलो नौ महिनाको अवधिमा झण्डै ९० हजार स्वदेशी पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए ।
विं सं. २०२० को सुरुवातमा गैँडाको संरक्षणका लागि बनेको गैँडा आरक्षण केन्द्र २०३० असोज ४ गते चितवन राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो । नेपालको पहिलो निकुञ्ज घोषणा गर्दा ५४४ वर्ग किलोमिटर रहेको निकुञ्ज २०३४ सालमा ९३२ वर्ग किलोमिटर र २०७४ कात्तिकदेखि निकुञ्जको क्षेत्रफल विस्तार गरी ९५२.६३ वर्ग किलोमिटर पु¥याइएको हो । निकुञ्जको कुल भूभागमा ७४.०४ प्रतिशत चितवन, १५.४५ प्रतिशत पर्सा, ६.९७ प्रतिशत मकवानपुर र ३.५४ प्रतिशत नवलपुर (पूर्वी नवलपरासी) जिल्लामा पर्छ । गोरखापत्र देनिकबाट