
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले केही हप्तादेखि भइरहेको सभा, जुलस तथा विरोध प्रदर्शनमा बालबालिकाको प्रयोग भइरहेको ठहर गरेको छ ।
बाल संरक्षण र बालअधिकारमा क्रियाशील रहेको भनिएको यस संस्थाले विरोध प्रदर्शन तथा सभामा बालबालिकाको प्रयोग भएको दाबी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गत निर्वाचनको घोषणापत्रमा बाम गठबन्धनले विद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेको छ । त्यस्तै नेपाली कांगे्रसकोे घोषणापत्रमा कल्याणकारी राज्यअन्र्तगत शिक्षा क्षेत्रलाई सवल बनाउने प्रतिबद्धता छ । अन्य दलको पनि सोही अवधारणाको प्रतिबद्धता बनाएका छन् ।
सिजपले विज्ञप्ति जारी गरी दलहरु घोषणापत्र भन्दा बाहिर गएर सभाहरु गर्न थालेको बताउँदै भनेको छ, ‘२०७७ माघ २२ गते शैक्षिक संस्थासहित आमहड्ताल आह्वान गरिएकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ विरूद्धका यस्ता कार्यले बालबालिकाको भविष्य र हाम्रो समाजलाई दूरगामी रुपमा नकारात्मक प्रभाव पार्दछ । बालबालिकाको निर्वाध शिक्षा आर्जन गर्न पाउने अधिकारको सम्मान गर्न आग्रह गर्दछाँै ।’
जुलुस तथा कुनै पनि राजनैतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न, विद्यालय बन्दजस्ता गतिविधि नगर्न, हुन नदिन र शान्तिपूर्ण तथा बालमैत्री वातावरणमा शिक्षण सिकाइको प्रत्याभूति गराउने वातावरण तयार गर्न माग गरिएको छ ।