
माडी । मिराकल गार्डेन प्रालिले माडी नगरपालिकाको सहयोग र समन्वयमा आधारभूत मौरी उद्यम विकास तालिम माडी–६ स्याउलीबासमा शनिबारबाट सुरू भएको छ ।
तालिमको उद्घाटन गर्दै माडी नगरपालिका मेयर ठाकुरप्रसाद ढकालले मौरीपालनबाट धेरै आम्दानी लिन सकिने भएकोले व्यावसायिक मौरीपालन आवश्यकता रहेको बताए ।
लगानी अभाव हुने किसानहरुले पनि स्पष्ट योजना लिएर नगरपालिका आएमा बिनाव्याज लगानी गर्ने वातावरण रहेकोले प्राविधिक ज्ञान लिएर व्यावसायिक कृषि फर्म सञ्चालन गर्ने तालिमका सहभागीहरुलाई आग्रह गरे ।
तालिमको उद्घाटन कार्यक्रममा माडी नगरपालिका कृषि तथा सहकारी संयोजक ईश्वरीप्रसाद ढकालले व्यावसायिक कृषि सञ्चालन गर्नेहरुलाई माडी नगरपालिकाले सहयोग गर्ने जनाउँदै तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सहभागीहरुलाई आग्रह गरे ।
मिराकल गार्डेनका अध्यक्ष दामोदर देवकोटाको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन समारोहमा माडी नगरपालिका–६ का अध्यक्ष भरत गुरूङ, सागर मौरी फर्म गैँडाकोटमा सञ्चालक करूणासागर सुवेदीलगायतले मौरीपालनको मह¤वका बारेमा बताएका थिए ।
मौरी उद्यम विकास तालिमका प्रशिक्षक दयासागर सुवेदी र सन्देश गौतमले प्रशिक्षण दिएका छन् ।