मंगलबारदेखि खुल्ने गैंडाकोटको ‘किसान ग्यालेरी’ मा ‘संयोजन’ प्रदर्शन हुने

गैंडाकोट, ३ फागुन । किसान बचत तथा ऋण सहकारी संस्था लि. को रजत वर्षको अवसरमा किसान साकोसले संचालन गर्न लागेको ‘किसान ग्यालेरी’ तथा ‘संयोजन’ शिर्षकमा मंगलबारदेखि सुरु गर्न लागिएको सामुहिक चित्रकला प्रदर्शनीको भोली (मंगलबार) संयुक्तरुपमा उद्घाटन हुने भएको छ । गैंडाकोट नगरपालिका वडा नं ४ मा रहेको सहज सेवा केन्द्र परिसरमा स्थापना गरिएको ‘किसान ग्यालेरी’ र किसान ग्यालरीमा आयोजित सामुहिक चित्रकला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के. के. कर्माचार्यले दिउँसो ३.३० बजे उदघाटन गर्ने कार्यक्रम रहेको किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले बताउनुभयो । चित्रकला प्रदर्शनी एक सातासम्म सुचारु हुने छ भने प्रदर्शनीमा राष्ट्रिय कलाकारहरु सहित स्थानिय कलाकारहरुका सिर्जनाहरु समेत रहने छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको