चितवन ४ फागुन।
भरतपुर महानगरपालिका ५ विकास चोकमा ४५ लाखको लागतमा मोबाइल पसल सञ्चालनमा ल्याइएको छ । पकेट डट वल्र्ड (मोबाइल पसल), भरतपुर ५ विकास चोक (अध्योध्या भवन) का नामबाट पसल सञ्चालनमा ल्याइएको हो ।
मोबाइल पसलको आज भरतपुर महानगरपालिका ५ का वडाध्यक्ष पदमपाणी सुवेदीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै सुबेदीले मोबाइल पसल सञ्चालनमा आएसँगै विकासचोकको विकासका लागि एउटा इँटा थपिएको बताए । विकास चोकलाई भरतपुर ५ को व्यावसायिक केन्द्र बनाउने आफूहरुको सोच रहेको बताउँदै उनले आज त्यो गतिमा अघि बढिरहेको बताए ।
गुणस्तरीय र सुपथ मूल्यमा मोबाइल विक्रि वितरण गर्न सञ्चालकलाई आग्रह गर्दै उनले व्यावसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।
मोबाइल पसलका सञ्चालक सुरेन्द्रकुमार श्रेष्ठले आफ्नै घरमा ४५ लाखको लागतमा पसल सञ्चालनमा ल्याएको बताए । बिस्तारै लागतलाई बढाएर दुई करोडसम्म पु¥याइने उनको भनाइ छ । सुपथ मूल्यमा सबै प्रकारका मोबाइल तथा मोबाइल एशोसेरिजहरु बिक्रि वितरण गरिनुका साथै मोबाइल मर्मत पनि गरिने श्रेष्ठले जनाए । बजारमा पाइने सुविधा गाउँमा उपलब्ध गराउनु पर्छ भन्ने सोचले विकास चोकमा ठूलो पसल सञ्चालन गरेको उनको भनाइ छ ।