
चितवन, ५ फागुन।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा ट्रकको ठक्करबाट एक हरिण मरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब साढे चार बजे रत्ननगर नगरपालिका वडा नं. ९ सिंचाइगेट अगाडि ना ६ ख १४६० नम्बरको ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको हो । हरिणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटबाट नुवाकोटतर्फ जाँदै गरेको सो ट्रकलाई प्रहरीले चितवनको रामनगरबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्य थापाका अनुसार ट्रक चालक नवलपरासीको देवचुली नगरपालिका वडा नं। १ बस्ने २४ वर्षीय अनिल कुमाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको छ ।
बुधबार, फागुन ०५, २०७७ प्रकाशीत