भरतपुरको न्यु वे फाउन्डेसनले गर्यो ४६५ लागुपदार्थ प्रयोगकर्तालाई उपचार

भरतपुर । भरतपुरमा रहेको न्यु वे फाउन्डेसनले हालसम्म ४६५ लागुपदार्थ प्रयोगकर्तालाई उपचार गरेको छ । लागुऔषध नियन्त्रण, रोकथाम तथा पुनःस्थापनामा निरन्तर लागिरहेको न्यु वे फाउन्डेसन पुनर्स्थापना केन्द्रले आफ्नो गौरवमय ८ औं वार्षिकोत्सब कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै रिकभरिङ नेपाल बाग्मती प्रदेश अध्यक्ष दिवाकर राज श्रेष्ठले केन्द्रमा हाल ३४ जना लागुपदार्थ प्रयोगकर्ता उपचारको क्रममा रहेको र हालसम्म ४६५ जना लागुपदार्थ प्रयोगकर्ताको उपचार गरिसकेको जानकारी दिए ।

समाजलाई सहि दिशा तर्फ लैजान र समाजलाई लागुऔषध मुक्त बनाउन जति पुनर्स्थापना केन्द्रको छ समाजको पनि उतिनै महत्वपुर्ण हात रहेको श्रेष्ठले बताएका थिए । त्यस्तै केन्द्रले हरेक वर्ष ६ लागुपदार्थ प्रयोगकर्तालाई निशुल्क उपचार गर्ने गरेको छ ।

केन्द्रको अध्यक्ष पुर्षोतम कंडेलको अध्यक्षतामा भरतपुर महानगरपालिका १२ का वार्ड अध्यक्ष नरेन्द्र कन्दंवाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा फाउण्डेशनमा उपचार गरी पुनर्स्थापित भएकाहरूको सम्मान एवं मायाको चिनो वितरण कार्यक्रम सम्पन्न गरिएको थियो। साथै कार्यक्रम मा न्यु वे फाउण्डेशनलाई निरन्तर अमूल्य सहयोग प्रदान गर्नु हुने स्थानीय समाजसेवी व्यक्तित्व सुमित्रा पन्तलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष कन्दवाले लागुऔसध को सेवनमा फसेका व्यक्तिहरूलाई उपचार गर्ने संस्थालाई सुधार केन्द्र नभई लागुऔषध रूपी रोग लागेका रोगीहरूको उपचार गर्ने अस्पतालमा रूपान्तरण गर्नुपर्ने बताएका थिए । उनले चितवनमा लागुऔषध प्रयोगर्कता युवाहरुको जमात पनि ठूलो रहेको बताउँदै पैसा कमाउने आशका साथै नशाको लतले यूवाहरुलाई जोखिमको घेरामा राखिरहेको बताए ।

त्यस्तै केन्द्रका कार्यकारी निर्देशक तथा रिकभरिङ नेपाल केन्द्रिय समिति उपाध्यक्ष धुर्ब केसिले संस्थाको प्रगती र आगामी कार्ययोजनाहरूको विषयमा जानकारी दिदै आफू कुलतमा फसेर रिहाब सेन्टर बस्दा धेरै कुरा सिकेको बताएका थिए । उनले भने, ‘मैले भोगेका समस्याहरु अब आउने पुस्तामा हुन दिने छैन ।’

कार्यक्रममा जिल्ला जनस्वास्थ कार्यालय चितवनका प्रमुख दीपक कुमार तिवारी, नौरंगे टोल विकास संस्थाका अध्यक्ष लक्ष्मी श्रेष्ठ, स्थानीय समाजसेवी सिन्धु पन्त लगायतका ले मन्तव्य राखेका थिए ।

बुधबार, फागुन ०५, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको