पाँचौ निर्वाचन दिवसका अवसरमा नवलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गैंडाकोट, ७ फागुन । निर्वाचन आयोग नवलपुरले ‘निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको अवस्थामा जिल्लाका विभिन्न दलहरुका प्रतिनिधिहरु, प्रशासनिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र संचारकर्मीहरुलाई सहभागि बनाएर नवलपुरको निर्वाचन आयोगले शुक्रबार समदमुकाम कावसोतीमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

‘पाँचौ निर्वाचन दिवस २०७७’ का अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना सम्बन्धी सामान्य जानकारी, प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ सम्बन्धी आयोगका गतिविधि र निर्वाचन आचारसंहिताका विभिन्न पक्षहरुबारे निर्वाचन आयोगका नासु चुडा बिक्रम शाहीले जानकारी गराउनुभएको थियो ।
निर्वाचन आयोग, नवलपुरका प्रमुख ओम नारायण शर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय की प्रमुख मनमाया पंगेनी, नेकपा ओली समुह नवलपुरका अध्यक्ष रोशनबहादुर गाहामगर, जिल्ला समन्वय समितिका संयोजक चेसराम आले र हुप्सेकोट गाउँपालीका की अध्यक्ष लक्ष्मी पाण्डे लगायतले निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहिता बारे टीप्पणी गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले राखेका जिज्ञासाहरुको जवाफ निर्वाचन आयोग, नवलपुरका प्रमुख ओम नारायण शर्माले दिनुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको