नवलपुरलाई नमुना जिल्ला बनाउन लागी परेको छु : महामन्त्री कोईराला

नवलपुर, ८ फाल्गुन । नेपाली काँग्रेसका महामन्त्री प्रा./डा. शशांक कोइरालाले नवलपुर जिल्लालाई नमुना जिल्ला बनाउन आफु लागि परेको बताएका छन् । उनले नवलपुरको विद्युत व्यवसायी संघले यहाँका बिद्युत व्यवसायीहरुको हकहितका लागि गरेको कार्य प्रशंसनिय भएको चर्चा गर्दै आफुले पनि यस क्षेत्रलाई बिकासका दृष्टिकोणले नमुना जिल्ला बनाउन लागि परेको बताएका हुन । विद्युत व्यावसायीहरुको पेशागत हकहितका लागि काम गर्दै आएको नवलपुर विद्युत व्यवसायी संघको दोश्रो वार्षिक साधारण सभा कार्यक्रममा आफ्ना भनाईहरु राख्दै नेता कोइरालाले नवलपुर विद्युत व्यवसायी संघले यहाँको सामाजिक क्षेत्रमा गरेको सेवामुलक कार्य प्रशंसनिय रहेको बताए ।

नवलपुरको कावासोतीमा शनिबार भएको नवलपुर विद्युत व्यवसायी संघको दोश्रो वार्षिक साधारण सभा कार्यक्रममा आफ्ना भनाईहरु राख्दै प्रदेश सभासद तथा नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद लामिछानेले व्यवसायीहरुलाई परेको दोहोरो कर प्रणालीको समस्या समाधानकालागि प्रदेश सरकारमा आफ्नो पहल रहने बताए । उनले स्मार्ट सिटी निर्माणको अवधारण आइरहेकाले विद्युत व्यवसायीहरुको क्षेत्र अझै फराकिलो हुँदै गएकोमा बिद्युत ब्यवसायिहरुले गुणस्तरीय सामानमा जोड दिन समेत आग्रह गरे ।

साधारण सभा कार्यक्रममा नेपाल विद्युत महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेलले महासंघमा सबैभन्दा पछि आवद्ध भएको संघले व्यवसायिक हकहित र सामाजिक कार्यमा प्रभावकारी भूमिका निर्वाह गरेको बताउदै व्यवसायीहरुको समस्याको पहिचान गरी त्यसको समाधान गर्न महासंघ सधै तयार रहेको प्रष्ट पारे ।

विद्युत व्यवसायीहरुको पेशा सम्मानित पेशा भएको बताउँदै उनले जिल्ला संघको कार्यालयका लागि जिल्लामा रहेका सरोकारवालाहरुसँग छलफल गरि आफ्नै जग्गासहितको भवनकालागि पहल गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण नवलपुरका प्रमुख मधुसूदन यादव, संविधानसभा सदस्य महेन्द्रध्वज जिसी, प्रदेश सभासद ओमकला गौतम, उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका उपाध्यक्ष ओमप्रसाद पौडेल, समाजसेवी एवं राजनीतिज्ञहरु मदनभक्त अधिकारी, कमल पराजुली, गजेन्द्र आले लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम नवलपुर विद्युत व्यावसाय संघका अध्यक्ष पुर्षोत्तम भुसालको अध्यक्षता र सुजन अधिकारीको सहजीकरणमा सम्पन्न भएको थियो ।

शनिबार, फागुन ०८, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको